विशेष कारण देखाउँदै सीटीईभीटीको परीक्षा स्थगित(सूचनासहित)

हिमाल प्रेस २० साउन २०८० ८:२४
110
SHARES
विशेष कारण देखाउँदै सीटीईभीटीको परीक्षा स्थगित(सूचनासहित)

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूमा भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित गरेको छ।

सीटीईभीटीले विभिन्न विषयको लागि शनिबार(आज) देखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर  स्थगित गरेको छ।

सीटीईभीटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा  सूचना जारी गरी स्थगित गरेको हो। परीक्षा स्थगित भएपछि प्रि-डिप्लो/ डिप्लोको आवेदन फारम म्याद साउन २६ सम्मलाई तोकिएको छ।

साउन २४ र २६ गते सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा डिप्लोमा/प्रमाणपत्र तह वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फको र प्रि-डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फको प्रवेश परीक्षा प्रवेश परीक्षा आगामी भदौ २ गते बिहान ८ बजेदेखि र दिउसो १ बजेदेखि क्रमश: सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, सीटीईभीटीले डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा भदौ ६ गते बिहान ८ बजे र प्रि-डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको सम्पूर्ण कार्यक्रमहरूकोे प्रवेश परीक्षा सोही दिन दिउँसो १ बजेदेखि सञ्चालन गर्ने गरी स्थगित गरेको आज प्रकाशित सूचनामा उल्लेख गरेको छ।

शैक्षिक सत्र २०८०/०८१ का लागि गत असार २९ र ३० गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थप गरी सीटीईभीटीले साउन २६ गते सम्म बनाएको छ।

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरी उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो ।

 

प्रकाशित: २० साउन २०८० ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =