सीटीईभीटीले बढायो शिक्षण शुल्क

हिमाल प्रेस ३१ असार २०८० १६:३८
6
SHARES
सीटीईभीटीले बढायो शिक्षण शुल्क

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले निजी शिक्षण संस्थाका लागि शुल्क समायोजन गरेको छ। २०७९ पुस ६ गतेको मन्त्रीस्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजनसम्बन्धी कार्यदलको सुझाव एवं परिषद् कार्यालयको निर्णयअनुसार शैक्षिक सत्र २०८०/८१ देखि भर्ना भएका प्रशिक्षार्थीहरूबाट मात्र बढेको शुल्क लिने गरी सीटीईभीटीले समायोजन गरेको हो।

सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, दोस्रो वर्ष एक लाख ८७ हजार २७० र तस्रो वर्षमा एक लाख ८७ हजार २७० अधिकतम शुल्क निर्धारण गरेको छ। प्रमाणपत्र तह सामान्य चिकित्सा प्रथम वर्षमा २ लाख ९ हजार ५३०, दोस्रो वर्ष एक लाख ५७ हजार १४५ र तेस्रो वर्षका लागि एक लाख ५७ हजार १४५ शुल्क निर्धारण गरिएकाे छ।

त्यसैगरी डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्षमा एक लाख ६९ हजार ४६४, दोस्राे वर्षका लागि एक लाख २७ हजार ९८ र तेस्रो वर्षका लागि एक लाख २७ हजार ९८ रुपैयाँ शुल्क निर्धारण गरिएकाे छ।

सीटीईभीटबाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१/७२ मा तोकिएको शुल्क हालसम्म कायम रहेको भन्दै समायोजन गरिएको हो।

प्रकाशित: ३१ असार २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =