कोशीमा मिल्यो भागबन्डा, कसलाई कुन मन्त्रालय?

हिमाल प्रेस ४ जेठ २०८१ १६:३०
50
SHARES
कोशीमा मिल्यो भागबन्डा, कसलाई कुन मन्त्रालय? कोशी सरकारका मुख्यमन्त्री हिक्मत कार्की।

इटहरी – कोशी सरकारको मन्त्रालय भागबन्डा टुंगिएको छ। मुखयमन्त्री हिक्मतबहादुर कार्कीले दलका नेताहरूसँगको छलफलपछि मन्त्रालयको भागबन्डा टुंग्याएका हुन्।

मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्‌मा ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका छन्। मुख्यमन्त्री कार्यालयका अनुसार एमालेबाट एकराज कार्की, लीलाबल्लभ अधिकारी र पाँचकर्ण राई मन्त्री बन्नेछन्। यस्तै सिर्जना राई राज्यमन्त्री हुँदैछिन्।

माओवादी राजेन्द्र कार्कीको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। नारायणबहादुर बुर्जा मगर मन्त्री बन्नेछन्। माओवादीकी वन्दना झाँगड राज्यमन्त्री बन्ने छिन्। एमालेबाट यसअघि राम राना मगर र माओवादीबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए।

यसरी गरियो भागबन्डा

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, उद्योग तथा सहकारी मन्त्रालय :  हिक्मतकुमार कार्की
२) आर्थिक मामिला तथा योजना मन्त्रालय : रामबहादुर राना
३) स्वास्थ्य मन्त्रालय :  राजेन्द्र कार्की
४) सामाजिक विकास मन्त्रालय :  पाँचकर्ण राई
५) ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय :  एकराज कार्की
६) भौतिक पूर्वाधार विकास मन्त्रालय :  गणेश उप्रेती
७) पर्यटन, वन तथा वातावरण मन्त्रालय :  नारायणबहादुर बुर्जामगर
८) आन्तरिक मामिला तथा कानुन मन्त्रालय :  लीलावल्लभ अधिकारी
९)  सृजना राई : राज्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१०)  वन्दना झाँगड : राज्यमन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्रालय

प्रकाशित: ४ जेठ २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =