ओमेगामा गणित र विज्ञान विषयका ११५ शिक्षकले लिए तालिम

हिमाल प्रेस १४ जेठ २०८० १२:२६
644
SHARES
ओमेगामा गणित र विज्ञान विषयका ११५ शिक्षकले लिए तालिम

काठमाडौँ- ओमेगा स्कुलले विभिन्न विद्यालयका गणित र विज्ञान विषयका शिक्षकलाई एकदिने तालिम सञ्चालन गरेको छ।ललितपुरको कुमारीपाटीमा ओमेगा इन्टरनेशनल सेकेन्डरी स्कुलले सामाजिक उत्तरदायित्व स्वरूप शिक्षकलाई पाठ्यक्रम र प्रश्न पत्रसम्बन्धी तालिम दिएको हो।

तालिममा उत्पत्यका भित्रका ११५ जना गणित र विज्ञान विषयका शिक्षक सहभागि थिए। तालिम प्राप्त गरेपछि नयाँ पाठ्यक्रम अनुसार माध्यमिक तहमा अध्यापनरत शिक्षकलाई प्रश्नपत्र तयार गर्न सहज हुने अपेक्षा लिइएको विद्यालयका निर्देशक पिताम्बर पन्तले जानकारी दिए। स्कुलले विद्यार्थी र शिक्षक लक्षित विभिन्न विषयगत तालिम तथा सेमिनारहरू सञ्चालन गर्ने गरेको छ।

प्रकाशित: १४ जेठ २०८० १२:२६

प्रतिक्रिया

One thought on “ओमेगामा गणित र विज्ञान विषयका ११५ शिक्षकले लिए तालिम

  1. राम्रो काम ओमेगाको
    अझै प्रगति भएको सुन्न पाइयोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =