जसपाको राजनीतिक समिति बैठक सुरु

हिमाल प्रेस १८ पुष २०७९ १३:५९
4
SHARES
जसपाको राजनीतिक समिति बैठक सुरु

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ। सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो।

सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले बताए।

बैठकमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले निर्वाचनको समीक्षा गर्नका लागि नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसूची रहेको जसपाले जनाएको छ। दुुई दिनसम्म चल्ने बैठकमा पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गरिनेछ।

प्रकाशित: १८ पुष २०७९ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =