जसपाको महाधिवेशन एकताको महाधिवेशन : उपेन्द्र यादव

हिमाल प्रेस ६ वैशाख २०८१ ७:३७
4
SHARES
जसपाको महाधिवेशन एकताको महाधिवेशन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ।

बालकुमारीमा बुधबार प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतको अध्यक्षतामा बसेको प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताएका हुन्।

जसपा विभिन्न राजनीतिक दल, घटक संगठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने कुरा बताएका हुन्।

त्यस्तै अध्यक्ष यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामग्रीहरु प्रचार, प्रसार र प्रशारण गर्दा एकताको भावना झल्कने गरी गर्न गराउन समेत निर्देशन दिए।

प्रकाशित: ६ वैशाख २०८१ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =