मेलम्चीको पानी पूर्ण क्षामतामा अझै वितरण हुन सकेन

हिमाल प्रेस २८ मंसिर २०७९ १७:०६
4
SHARES
मेलम्चीको पानी पूर्ण क्षामतामा अझै वितरण हुन सकेन

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा पूर्ण क्षमतामा खानेपानी वितरण गर्न सकेको छैन। दैनिक १७ करोड लिटर खानेपानी वितरण गर्न सक्ने हालको क्षमता भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण पाइप सञ्जालमा नियमित पानी नहाल्दा सो क्षमतामा खानेपानी वितरण हुन नसकेको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र उपत्यकामा वितरण भइरहेको छ।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण पाइप सञ्जालमा नियमित पानी पठाउन अझै केही समय लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।

केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको र जसकारण सबै पानी अझै राजधानीमा वितरण नसकेको उनले जानकारी दिए। राईका अनुसार बुधबार बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिन्छ।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्यांकीमध्ये हालसम्म ८ वटामा पानी पुगिसकेको छ। हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महांकालचौर, पानीपोखरी, अनामनगर र बालाजुका ट्यांकीमा मेलम्चीको पानी पुगेको छ। कीर्तिपुर र बाँसबारीका ट्यांकीमा ४ दिनभित्र पानी पुग्ने उनले बताए।

४ दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी उपभोक्ताका धारामा पुग्ने छ। मेलम्ची खानेपानी आयोजनाले भने मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

सुरुङ सफा गरेर मंसिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ। कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =