बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

हिमाल प्रेस २२ असार २०८० ८:३४
6
SHARES
बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति सिन्धुपाल्चोकस्थित मेलम्ची नदी। फाइल तस्बिर

काठमाडौँ– अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको २ वटा पुलमा क्षति पुर्‍याएको छ।

शुक्रबार रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए।

‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने।

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका- ७ र ८, हेलम्बु गाँउपालिका- २ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका- १ र २ का बासिन्दा प्रभावित भएका छन्।

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ।

प्रकाशित: २२ असार २०८० ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =