१८औँ वार्षिकोत्सव मनाउँदै सानिमा बैंक

हिमाल प्रेस २२ मंसिर २०७९ १२:३९
4
SHARES
१८औँ वार्षिकोत्सव मनाउँदै सानिमा बैंक

काठमाडौँ- सानिमा बैंकले विविध कार्यक्रम आयोजना गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मानपत्र प्रदान गरे।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौँमा सामुदायिक सेवा केन्द्र नारायणचौर नक्सालको सहकार्य तथा ब्लड डोनर एसोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

त्यसैगरी पुस ९ गतेसम्म देशभर रहेका शाखामार्फत् रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाएको पनि बैंकले जनाएको छ। बैंकले वार्षिकोत्सवको अवसर पारेर वेवसाइटलाई थप सुविधासहित परिष्कृत रूपमा सञ्चालनमा ल्याएको छ।

उक्त वेबसाइटमार्फत खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो सेयरको आवेदन दिन सकिनेछ। साथै विदेशमा बस्ने नेपालीले यसैमार्फत् ईकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुविधा थपिएको बैंकले जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७९ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =