सानिमा बैंकले पायो आईएसओ २७००१ प्रमाणपत्र

हिमाल प्रेस ३१ असार २०८० १६:२२
सानिमा बैंकले पायो आईएसओ २७००१ प्रमाणपत्र

काठमाडौँ- सानिमा बैंकले आईएसओ २७००१ प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवा प्रदान गर्न बैंकको सूचना प्रविधि र सोसम्बन्धी सेवाका लागि आईएसओ २७००१ एम १३ प्रमाणपत्र पाएको हो।

उक्त प्रमाणीकरणले सूचनाको सुरक्षा र डाटा सुरक्षा सुनिश्चित रहेको पुष्टि गर्ने बैंकले जानकारी दिएको छ। बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षा सधैँ प्राथमिकतामा रहेको बताएको छ।

आईएसओ प्रमाणीकरणमार्फत सानिमा बैंकले आफ्ना ग्राहकको डाटालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको र बैंकप्रतिको विश्वास सुदृढ गराउने बैंकको भनाइ छ।

प्रकाशित: ३१ असार २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =