सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा हस्तान्तरण

हिमाल प्रेस २७ असार २०८० १६:५०
4
SHARES
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा हस्तान्तरण

काठमाडौँ- सानिमा बैंक लिमिटेडले ‘सानिमा दिर्घायु तलब बचत खाता’अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।

खातावाला भूमिका आलेको दुर्घटनामा मुत्यु भएपछि उनको हकवाला क्षितिज आलेलाई बैंकले बिमा रकम भुक्तानी गरेको हो।

भूमिकाले कुमारीपाटी शाखामा ‘सानिमा दिर्घायु तलब बचत खाता’ खोलेकी थिइन्।

सानिमा बैंकको कुमारीपाटी शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन्।

दीर्घायु तलब बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको १३ घातक रोगको उपचार बिमालगायत सुविधा छ।

त्यस्तै १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क, ५० हजारसम्मको औषधि उपचार बिमा र आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा रहेको छ।

प्रकाशित: २७ असार २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =