फ्रन्टलाइन हस्पिटलमा सानिमा बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस १ असोज २०८० १६:३६
फ्रन्टलाइन हस्पिटलमा सानिमा बैंकका ग्राहकलाई छुट

काठमाडौँ- बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा सानिमा बैंकका ग्राहकले छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ। ग्राहकलाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ग्राहकले उक्त छुट पाउने सम्झौतामा उल्लेख छ। ग्राहकले ओपीडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधीमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट पाउने छन्।

प्रकाशित: १ असोज २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =