कात्तिक मसान्तसम्म सानिमा बैंकको मोबाइल बैंकिङमा ‘क्यासब्याक’ पाइने

हिमाल प्रेस १७ असोज २०८० १७:४१
कात्तिक मसान्तसम्म सानिमा बैंकको मोबाइल बैंकिङमा ‘क्यासब्याक’ पाइने

काठमाडौँ- सानिमा बैंकले मोबाइल बैंकिङमा ‘क्यासब्याक’ अफर सार्वजनिक गरेको छ। बैंकले फोनपे प्रालिसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको हो।

उक्त अफर कात्तिक मसान्तसम्म रहने बैंकले जानकारी दिएको छ। ‘पहिलोपटक सानिमा सजिलो ई-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा बढीमा २ सय रुपैयाँ, बिजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँ सम्म क्यासब्याकको व्यवस्था गरिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले उक्त योजना ल्याइएको बताएको छ।

प्रकाशित: १७ असोज २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =