मोबाइल बैंकिङ सुरक्षित गर्न यसो गर्नुहोस्

हिमाल प्रेस २९ माघ २०८० ८:४३
76
SHARES
मोबाइल बैंकिङ सुरक्षित गर्न यसो गर्नुहोस्

काठमाडौँ- के तपाईं मोबाइल बैंकिङ सुरक्षित गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यी ७कुरामा ध्यान दिन जरुरी छ।

सुरक्षित डिजिटल कारोबारका लागि ग्राहकलाई बैंकिङ सचेतना प्रदान गरिएको हो।

  • मोबाइल बैंकिङ एप इन्स्टल गरेको फोन तथा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्प्युटर अनिवार्य रूपमा बलियो पासवर्ड-पिनले लक गर्नुहोस्
  • मोबाइल/इन्टरनेट बैंकिङ जस्ता सेवाको लगइन पासवर्ड-पिन कसैसँग पनि सेयर नगर्नुहोस्
  • मोबाइल/इन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवामा रजिस्ट्रर गरिएका इमेल आईडीहरूमा दुई तहको प्रमाणीकरण (टूएफए) चलाउनुहोस् तथा समयसमयमा पासवर्ड परिवर्तन गर्नुहोस्
  • अरूले सजिलै अनुमान गर्न सक्ने पासवर्डरपिन कदापि प्रयोग नगर्नुहोस्
  • कसैले सामाजिक सञ्जाल तथा मेसेजमार्फत पैसा पठाउन अनुरोध गरेमा फोनमार्फत एकीन गरेर मात्रै पैसा पठाउनुहोस्
  • तपाईंले भर्दै नभरेको चिठा पर्‍यो भन्दै मेसेज तथा फोन आएमा नपत्याउनुहोस्
  • बैंकको आधिकारिक एप तथा वेबसाइटमात्र प्रयोग गर्नुहोस्
    –नबिन बैंकको सहयोगमा
प्रकाशित: २९ माघ २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =