वर्षदिनमा ३८ लाख ४० हजारले बढे मोबाइल बैंकिङका प्रयोगकर्ता

हिमाल प्रेस २४ माघ २०७९ १७:१४
10
SHARES
वर्षदिनमा ३८ लाख ४० हजारले बढे मोबाइल बैंकिङका प्रयोगकर्ता

काठमाडौँ– गत वर्षको पुसदेखि यो पुस मसान्तसम्म ३८ लाख ४० हजारले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ पुससम्म १ करोड ६२ लाख १२ हजारले मोबाइल बैंकिङ प्रयोग गर्थे। चालु आवको पुस मसान्तसम्म यो संख्या २ करोड ५३ हजार पुगेको छ।

एक महिनामै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाखभन्दा बढीले बढेको छ। मंसिर मसान्तसम्म १ करोड ९७ लाख ६६ हजारले मोबाइल बैंकिङका प्रयोगकर्ता रहेको राष्ट्र बैंकको तथ्यांक छ।  इन्टरनेट बैंकिङका प्रयोगकर्ताको संख्या भने वर्षदिनमा दुई लाख हाराहारीमा बढेको छ। २०७८ पुससम्म १५ लाख ५६ हजार रहेका इन्टरनेट बैंकिङ प्रयोगकर्ता यो पुससम्म १७ लाख ६८ हजार पुगेका छन्।

यो पुस मसान्तसम्म डेबिट कार्डका प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार पुगेको छ। अघिल्लो वर्षको पुससम्म ९८ लाख ५५ हजार थिए। त्यसैगरी मोबाइल वालेट प्रयोगकर्ताको संख्या १ करोड ५९ लाख ६२ हजार पुगेको छ। अघिल्लो आवको पुससम्म यो संख्या १ करोड ७ लाख ११ हजार रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २४ माघ २०७९ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =