आइएमई पे नेपाली र अंग्रेजी दुवै भाषामा

हिमाल प्रेस १७ पुष २०७९ १४:५९
6
SHARES
आइएमई पे नेपाली र अंग्रेजी दुवै भाषामा

काठमाडौँ– डिजिटल मोबाइल वालेट आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक भएको छ। आर्थिक कारोबारमा सबैको पहुँच पुर्‍याउन एपमा नेपाली भाषा थप गरिएको कम्पनीले जनाएको छ। यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने सुविधा पनि आइएमई पे एपमा थप भएको छ।

नेपाली भाषाका लागि प्रयोगकर्ताले प्लेस्टोर वा एपस्टोरमा गएर अपडेट गर्न सकिन्छ। नयाँ एप डाउनलोड गर्दा दुवै भाषा उपलब्ध हुनेछ। आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न मोबाइल नम्बर मात्रै भए पुग्छ। यो एपमा रहेको रकमको ७.१३ प्रतिशत ब्याज पनि कम्पनीले दिइरहेको थियो।

प्रकाशित: १७ पुष २०७९ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =