रिचार्ज कार्डमा टेलिकमको बोनस

हिमाल प्रेस १९ मंसिर २०७९ १६:४३
16
SHARES
रिचार्ज कार्डमा टेलिकमको बोनस

काठमाडौँ– नेपाल टेलिकमले कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरेवापत् बोनस डाटा उपलब्ध गराउने भएको छ। टेलिकमले दुई सय, पाँच सय र एक हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने भएको हो। यसअनुसार दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयोग गर्न सकिने एक जीबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ।

त्यस्तै पाँच सयको रिचार्ज कार्ड प्रयोग गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ। एक हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस स्वरुप प्राप्त हुने टेलिकमले जनाएको छ। मंसिर २० गतेबाट सुरु हुने योजना पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तामा लागू हुनेछ।

प्रकाशित: १९ मंसिर २०७९ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =