नेपाल टेलिकमको तीज तथा संविधान दिवस अफर सार्वजनिक

हिमाल प्रेस ३१ भदौ २०८० ११:०७
नेपाल टेलिकमको तीज तथा संविधान दिवस अफर सार्वजनिक

काठमाडौँ- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले तीज अफर सार्वजनिक गरेको छ। सोमबार मनाउन लागिएको तीज तथा बुधबार मनाउन लागिएको संविधान दिवसकोक अवसरमा कम्पनीले अफर सार्वजनिक गरेको हो।

अफरअन्तर्गत कम्पनीका ग्राहकले टेलिकमको सहुलियत दरका डाटा र भ्वाइससहित प्याकमा रिचार्ज अन बोनस पाउने छन्। अफर आज (आइतबार) देखि लागू भइसकेको छ।

अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथै नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा उपलब्ध हुनेछ।

त्यस्तै ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। त्यस्तै १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ।

सोही अफरअन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले बताएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने प्याकमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुनेछ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले उक्त प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिनेछ।

प्रकाशित: ३१ भदौ २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =