नेपाल टेलिकमको नाफा घट्यो

हिमाल प्रेस १ फागुन २०८० १७:२३
4
SHARES
नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौंँ- नेपाल टेलिकमकाे नाफा घटेकाे छ। गत आर्थिक वर्षको तुलनामा यसवर्ष ७.५९ प्रतिशतले नाफा घटेकाे टेलिकमले जनाएकाे हाे।

टेलिकमले सार्वजनिक गरेकाे तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा भएकाे छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २५ करोड खुद नाफा कमाएको थियो।

दूरसञ्चार सेवाबाहेक वित्तीय आम्दानी पनि घटेको तथ्यांकमा उल्लेख छ। यो आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९५ करोड रुपैयाँ थियो। अहिले ३ अर्ब ६१ करोड पुगेको छ।

दूरसञ्चार सेवाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ अर्ब २४ करोड आम्दानी भएको छ। गत वर्षको यसै अवधिमा आम्दानी १८ अर्ब ७ करोड भएको टेलिकमको तथ्यांकमा छ।

हाल वार्षिक प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा छ। गत वर्ष यस्तो आम्दानी ४७ रुपैयाँ २८ पैसा पुगेको थियो। सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ छ।

प्रकाशित: १ फागुन २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =