प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको अफर

हिमाल प्रेस ६ फागुन २०८० २०:३०
प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको अफर

काठमाडौँ– नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा सहिदहरूको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। आज (आइतबार) देखि सुरु भएको सो अफर फागुन १२ सम्म उपलब्ध हुनेछ।

यसमा साविक बमोजमको फ्री रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ।

एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको ‘एयरली वन टाइम’ प्याकेज र ‘कम्बो एयरली वन टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ। यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ।

प्रकाशित: ६ फागुन २०८० २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =