ग्रेडरले किच्दा बालिकाको मृत्यु

हिमाल प्रेस १५ मंसिर २०७९ १२:३६
12
SHARES
ग्रेडरले किच्दा बालिकाको मृत्यु

धनगढी- धनगढीमा ग्रेडरले किच्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेको प्रहरीले बताएको छ।

बिहीबार उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिक सडकको काम गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ‘ब्याक’ गर्ने क्रममा साइकलयात्री साउँदलाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चालक चितवन भरतपुर महानगरपालिका २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

प्रकाशित: १५ मंसिर २०७९ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =