कैलाली ५ मा कांग्रेसका पन्तको अग्रता

हिमाल प्रेस ८ मंसिर २०७९ २१:११
20
SHARES
कैलाली ५ मा कांग्रेसका पन्तको अग्रता

धनगढी– कैलाली ५ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्तले अग्रता लिएका छन्। उनले १५ हजार ९० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका नारदमुनी रानाले १३ हजार १ सय ३७ मतका साथ पन्तलाई पछ्याइरहेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ६ हजार ५ सय १३ मत पाएका छन् भने राष्ट्रिय स्वत्नत्र पार्टीका ईश्वरी विष्टले २ हजार ७ सय ८ मत पाएका छन्। यस क्षेत्रमा बिहीबार राति ८:४५ सम्म ४५ हजार १ सय २३ मतगणना भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =