मोरङ ३ (क) मा कांग्रेसका मानबहादुर निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १७:२०
10
SHARES
मोरङ ३ (क) मा कांग्रेसका मानबहादुर निर्वाचित

इटहरी– मोरङको निर्वाचन क्षेत्र नं. ३ (क) मा नेपाली कांग्रेसका मानबहादुर लिम्बू निर्वाचित भएका छन्। कात्तिक २४ गते मनोनयन दर्तापछि चुनावी अभियानमा हिँडेका लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। लिम्बूले १८ हजार २८६ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दिलीपकुमार राईले १३ हजार ८५८ मत पाए।

राप्रपा उम्मेदवार तीर्थबहादुर गुरुङ ६ हजार ६४१ मत ल्याउँदै तेस्रो स्थान प्राप्त गरे। ३० दिनसम्म अस्पतालको बसाइपछि गत कात्तिक २३ गते कांग्रेसका शेखरचन्द्र थापाको निधन भयो।  थापाको निधनपछि निर्वाचन आयोगले क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) का लागि नयाँ निर्वाचन कार्यतालिका बनाएको थियो। कांग्रेसले लिम्बूलाई टिकटमा बाजी मारेका थिए।

प्रकाशित: ७ मंसिर २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =