जनकपुरधाम– धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ को मतगणना समाप्त हुँदा एमालेकी उम्मेदवार जुली महतोले ६०८ मत ल्याएकी छन्। यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका शम्भुनाथ साहले ३२० र पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१५ मत ल्याएका छन्।
यस्तै ८४ मत बदर भएको छ। अब वडा नम्बर-२० को मतगणना सुरु भएको छ।
प्रकाशित: ५ मंसिर २०७९ १५:३३
प्रतिक्रिया