हेटौँडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित महालक्ष्मी खोला नजिक काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०७२० नम्बरको विद्युतीय जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार जिपमा आठ जना सवार थिए। उनीहरूमध्ये ६ पुरुष र २ महिला छन्। दुर्घटनामा घाइते भएका चार जनामध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने एक जनाको हेटौँडामा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार घटनालगत्तै प्रहरी र ट्राफिकको टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि परिचालन गरिएको थियो। घाइतेहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० भदौ २०८३ १७:१७ | Tuesday, September 15, 2026
प्रतिक्रिया


