काठमाडौँ- नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीका निम्ति तत्काल कानुन बनाउन माग गरेका छन् । मंगलबार प्रतिनिधसभा बैठकमा उनले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने धारणा राखे ।
‘गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गर्छु,’ उनले भने ।
उनले गाँजा खेतीबारे गण्डकी प्रदेश सरकारले कानुन बनाउँदा त्यहाँका जनता उत्साही भएको बताए ।
गाँजा खेतीका विषयमा आफूले वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा बोल्दा सरकारले ‘ठाडो कान’ नलगाएको उनले गुनासो समेत गरे ।
एक सांसदले गाँजाबाटै बनाइएको कपडा लगाएर संसद् बैठकमा आउने गरेको उनले उल्लेख गरे ।
प्रकाशित: २ भदौ २०८३ १२:४३ | Tuesday, August 18, 2026
प्रतिक्रिया


