एमाले ‘पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पनि बस्दै

हिमाल प्रेस २७ भदौ २०८३ ९:४१ | Saturday, September 12, 2026
एमाले ‘पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ।

कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो। बैठकमा संयोजक थापा र सदस्यसचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए।

बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ।

प्रकाशित: २७ भदौ २०८३ ९:४१ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast