काठमाडौँ- नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका गरेका छन्। संविधानको धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन्।
एमालेका नेता थापाले आफ्नै पार्टीका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी पेस गरेका हुन् ।
थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपाका नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्कट्टेलले हस्ताक्षर गरेका छन्। थापाको हस्ताक्षरसँगै राप्रपाको समेत मगरले समर्थन पाउने देखिएको छ। यसअघि राप्रपाले कुनै पनि सरकारमा सहभागी नहुने निर्णय लिएको थियो। तर प्रदेश सांसद र प्रदेश दलको कार्यालयले सरकारमा समर्थन दिएको छ।


