बाढी पीडितका लागि राहत र पुनर्निर्माणमा ध्यान दिन सांसदहरूको माग

हिमाल प्रेस ३० भदौ २०८३ १६:४७ | Tuesday, September 15, 2026
बाढी पीडितका लागि राहत र पुनर्निर्माणमा ध्यान दिन सांसदहरूको माग

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।

सांसद युवराज दुलालले अन्तर्राष्ट्रिय कूटनीति र राष्ट्रिय एकता कायम गर्दै विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग माग गरे।

रसुवागढी नाका भोटेकोशी बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारिक आवागमन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्ने उनले बताए।

‘भोटेकोशी बाढीले सामान बगाएपछि व्यापारीको ठूलो क्षति भएको छ। महँगी बढेको छ, खाना पकाउने ग्यासको अभाव छ। महँगीको मार गरिबको चुलोमा परेको छ’, सांसद दुलालले भने,‘आपूर्ति सहज बनाउन तातोपानी नाका खोल्न सरकारले आवश्यक कूटनीतिक पहल गर्नुपर्नुपर्छ।’

सांसद प्रकाशसिंह कार्कीले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे। उनले विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिँदै निजी क्षेत्रलाई अर्थतन्त्रको आधार बनाएर अघि बढ्नुपर्ने बताए।

सांसद एशुदाकुमारी बरालले कर्णाली राजमार्गमा सडक दुर्घटना हुने क्रम नरोकिएको भन्दै सडक सुधार तथा सुरक्षाका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित: ३० भदौ २०८३ १६:४७ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast