बाढीपहिरोबाट क्षति भएका सडक र पुल तत्काल मर्मत गर्न सांसदको माग

हिमाल प्रेस १२ असोज २०८३ १३:४४ | Monday, September 28, 2026
बाढीपहिरोबाट क्षति भएका सडक र पुल तत्काल मर्मत गर्न सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभाको साेमबारको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरूले पछिल्लो वर्षासँगै आएको बाढीपहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पुगेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले बाढीपहिरोबाट मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै प्रभावित क्षेत्रमा तत्काल सडक र पुल सञ्चालनमा ल्याउन माग गरे।

सांसद पद्मा अर्यालले गत भदौमा रसुवामा आएको बाढीको असर कम नहुँदै पछिल्लो वर्षासँगै बाढीपहिरोबाट थप जोखिम र क्षति व्यहोर्नुपरेको बताउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनामा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराइन्

सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद सुशील खड्काले पछिल्लो बाढीबाट विशेषगरी मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र बढी प्रभावित भएकाले तत्कालै त्यहाँ पुल तथा सडक निर्माणको काम अघि बढाउन माग गरिन्।

सांसद बलावती शर्माले बाढीपहिरोबाट बागलुङ र कास्की जोड्ने पुल तथा सडकलगायतका संरचनामा क्षति पुगेकाले सदरमुकामसँग पालिकाको सडक सञ्जाल अवरुद्ध भएको बताइन्।

सांसद भरत गिरीले चाडपर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरी मूल्यवृद्धि गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद सोम शर्माले बागलुङका बाढीपहिरो प्रभावित क्षेत्रमा निरीक्षण गरी आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद मनीष खनालले नारायणी नदीको बहाव बढ्दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव परेको भन्दै तत्काल राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।

सांसद टेकबहादुर गुरुङले पछिल्लो बाढीबाट मनाङ जिल्लाका धेरै संरचनामा क्षति पुगेको भन्दै खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद भरतप्रसाद पराजुलीले चार दिनदेखि लगातार परेको पानीसँगै आएको बाढीपहिरोका कारण मुस्ताङको कोरला नाका बन्द हुँदा चीनसँगको सबै खालको व्यापार ठप्प भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद क्षितिज थेबेले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट १० घर पूर्णरूपमा जलेर करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए।

सांसद टुकाभद्र हमालले पछिल्लो समय परेको अविरल वर्षाका कारण नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

 सांसद श्रीराम न्यौपानेले प्रधानमन्त्रीले भोटेकोशी बाढीको विषयमा उठाएको विषयले नेपालको गौरव उच्च गराएको बताए।

सांसद माधवबहादुर थापाले बाढीका कारण पाल्पाको रानीमहल डुबेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद शुलभ खरेलले तिनाउ नदीमा आएको बाढीले वरपरको क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद बुद्धरत्न महर्जनले पछिल्लो बाढीपहिरोका कारण ललितपुरका अधिकांश सडक प्रभावित भएको र टेलिफोन नेटवर्कसमेत बारम्बार अवरुद्ध हुने गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १२ असोज २०८३ १३:४४ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast