सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा

हिमाल प्रेस १६ असोज २०८३ १४:०१ | Friday, October 2, 2026
सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै उनले गत अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश ल्याएको, चालु अधिवेशनमा सभामुखको निर्देशन पालना नभएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाए।

हमालले सरकारले गरेका घोषणा, प्रतिबद्धता, कार्यक्रम र बजेटमाथि समीक्षा हुनुपर्ने र लोकतान्त्रिक विधि प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिए।

सेवा प्रवाहमा प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले सुशासनसहित जनजीविकाका क्षेत्रमा पनि अपेक्षा गरेअनुसार काम नभएको बताए।

प्रकाशित: १६ असोज २०८३ १४:०१ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast