जिपको ठक्करबाट घाइते शिक्षकको मृत्यु

हिमाल प्रेस ११ जेठ २०८० १७:२५ | Thursday, May 25, 2023
जिपको ठक्करबाट घाइते शिक्षकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

दाङ- दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

जिपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ९२३ नं को जिपले सोही दिशातर्फ गइरहेको रा७प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उनलाई विद्यालयमा जानेक्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ जेठ २०८० १७:२५ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast