प्रधानमन्त्रीको निर्देशनमा मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया स्थगित

हिमाल प्रेस २९ वैशाख २०८० १०:२३ | Friday, May 12, 2023
प्रधानमन्त्रीको निर्देशनमा मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया स्थगित

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन प्रक्रिया प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्को आदेश नहुँदासम्म विश्वविद्यालयले प्रकाशित गरेको सम्बन्धन र पदपूर्ति प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो।

कार्यालयका अनुसार सम्बन्धन, पदपूर्तिसम्बन्धी विज्ञापनलगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्रीसमक्ष उजुरी परेको छ। सोही विषयलाई लिएर प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयसँग विभिन्न विवरणहरू पनि पेस गर्न भनेको छ।

विश्वविद्यालयले सम्बन्धन दिएका आंगिक क्याम्पसहरूको वर्तमान अवस्था, विश्वविद्यालयसँग आबद्ध संकायहरू एवं कुल दरबन्दी संख्याको विवरण, कुल आम्दानी र खर्चको विवरण, भौतिक सम्पत्ति एवं संरचनाको अवस्था, १२ औँ विश्वविद्यालयसभाबाट प्रस्तावित विषय र पारित निर्णयहरू, नियमावली संशोधनका लागि आधिकारिक निर्णयलगायतका विवरणहरू प्रधानमन्त्री कार्यालयले मागेको हो।

प्रकाशित: २९ वैशाख २०८० १०:२३ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast