खाजा खान गएका ग्राहकको छुरा हानेर हत्या, ६ जना पक्राउ

हिमाल प्रेस २८ वैशाख २०८० ११:१२
8
SHARES
खाजा खान गएका ग्राहकको छुरा हानेर हत्या, ६ जना पक्राउ प्रतिनिधिमूलक तस्बिर

धादिङ- धादिङको गल्छी गाउँपालिका-८, गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान गएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ।

बुधबार बेलुका खाजा खान गएका गल्छी-८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई छुरा प्रहार गरी हत्या गरिएको हो। प्रहरीका अनुसार हत्या आरोपमा निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितलाई पक्राउ गरिएको छ।  आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए।

खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ। खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ। घटनापछि पण्डित फारर भएका थिए। घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित ६ जनालाई पक्राउ गरेको छ। रासस

प्रकाशित: २८ वैशाख २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast