को हुन् कीर्तिपुरमा युवकको हत्या आरोपित?

हिमाल प्रेस २५ वैशाख २०८३ ६:१५ | Friday, May 8, 2026
18
SHARES
को हुन् कीर्तिपुरमा युवकको हत्या आरोपित?

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक युवकको हत्या गरेको अभियोगमा सुदूरपश्चिका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो गुल्मी धुर्कोट गाउँपालिका–७ घर भई हाल कीर्तिपुर नगरपालिका–३ ढाल्पा बस्ने २२ वर्षीय विपीन घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ का २३ वर्षीय रवीन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ का २२ वर्षीय रोशन विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘विपीन घिमिरेलाई बुधबार दिउँसो धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।’

पक्राउ परेका तीनै जनामाथि काठमाडौँ जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: २५ वैशाख २०८३ ६:१५ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast