मिटरब्याजी आरोपमा धनुषामा ३ जना पक्राउ

हिमाल प्रेस १७ चैत २०७९ २०:३६ | Friday, March 31, 2023
मिटरब्याजी आरोपमा धनुषामा ३ जना पक्राउ सांकेतिक तस्बिर।

जनकपुरधाम– मिटरब्याजी आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषास्थित सबैला नगरपालिका वडा नम्बर-२ का ३६ वर्षीया पुनिता देवी यादव, ४० वर्षीय बुदुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२४ बसहिया बस्ने ३५ वर्षीय श्रवण दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद गौतमले जानकारी दिए।

दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेपछि उनलाई सोही आधारमा पक्राउ गरिएको उनले बताए। पक्राउ परेका अन्य दुई जनासमेत मिटरब्याजी रहेको र उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ चैत २०७९ २०:३६ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast