सबैभन्दा बढी जनसंख्या काठमाडौँमा र कम मनाङमा

हिमाल प्रेस १० चैत २०७९ ११:५९ | Friday, March 24, 2023
सबैभन्दा बढी जनसंख्या काठमाडौँमा र कम मनाङमा काठमाडौँको पाशुपत क्षेत्र।

काठमाडौँ- देशका ७७ जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी जनसंख्या रहेको छ। राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार काठमाडौँको जनसंख्या २० लाख ४१ हजार ५८७ जना छ। यस्तै सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो। मनाङको जनसंख्या ५ हजार ६५८ छ।

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबभैन्दा धरै जनसंख्या बागमतीप्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।

भौगोलिक क्षेत्रअनुसार तराइर्मा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ००६ जना), पहाडमा ४०.३१ प्रतिशत (एक करोड, १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या छ।

२ करोड ९१ लाख ६४ हजार ५७८ नेपाली [प्रतिवेदनसहित]

देशभर ७५ लाख ५२ हजार ६६ घर संरचना

प्रकाशित: १० चैत २०७९ ११:५९ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast