मपविले राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई छात्रवृत्ति दिने

हिमाल प्रेस ९ मंसिर २०७९ १८:३५ | Friday, November 25, 2022
मपविले राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालय (मपवि)ले स्नातक र स्नातकोत्तर तहमा राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई स्नातकोत्तर र विद्यावारिधि तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ।

विश्वविद्यालयले स्नात्तकोत्तरदेखि विद्यावारिधि सम्मका लागि प्रदान गर्ने छात्रवृत्तिका लागि मंसिर १२ गते भित्र आवेदन दिन सुचित गरेको हो।

स्नातक तहमा उत्कृष्ट स्थान हासिल गरी राष्ट्रपति पदक प्राप्त ३५ वर्ष उमेर ननाघेका विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने मपविले निर्णय गरेको छ।

योग्यता पुगेका विद्यार्थीले आवेदन, राष्ट्रपति पदक प्राप्त गरेको प्रमाण पत्र, ट्रान्सक्रिप्टको प्रमाण पत्र र बायोडाटा उपकुलपतिको कार्यालयमा वा इमेल ठेगानामा पेस गर्नुपर्ने मपविले जारी गरेको सुचनामा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७९ १८:३५ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast