काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यसभन्दा तल गएको हो।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस देखिएको हो।
प्रकाशित: ८ मंसिर २०८३ ७:११ | Tuesday, November 24, 2026
प्रतिक्रिया



