काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आउने स्थानीय तहमा वामशक्तिबिच तालमेल हुन सक्ने बताएका छन्। वामपन्थीबीच तालमेल गर्दा मत ट्रान्सफर गर्न सकिन्छ भन्ने चेत नेकपाका नेताहरूलाई फिरेको उनले बताए।
आज एक कार्यक्रममा बोल्दै पोखरेलले विगतमा माओवादीले एमाले र कांग्रेससँग चुनावी तालमेल गर्दाको अनुभवबाट यो पाठ सिकेको उनको भनाइ छ। तालमेलको विषममा अनौपचारिक कुराहरू भएका भए पनि कुनै औपचारिक छलफल भने नभएको उनले प्रष्ट पारे। ‘तल तालमेल गर्दा राम्रो हुन्छ भन्ने कुरा अनौपचारिक रूपमा उठेका छन्, त्यति हो।’ उनले भने।
प्रकाशित: ८ मंसिर २०८३ १०:२४ | Tuesday, November 24, 2026
प्रतिक्रिया



