हुरीले उडायो विद्यालय र घरको छाना

हिमाल प्रेस ८ मंसिर २०८३ १०:१९ | Tuesday, November 24, 2026
हुरीले उडायो विद्यालय र घरको छाना

गोरखा- हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।

हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ छ ।

“आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ”, उनले भने, “बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।” हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

प्रकाशित: ८ मंसिर २०८३ १०:१९ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast