काठमाडौँ- सुनको भाउ आज (मंगलबार) पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज सुन प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ कायम भएको छ।
प्रकाशित: ८ मंसिर २०८३ ११:१६ | Tuesday, November 24, 2026
प्रतिक्रिया



