काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँले ब्याटिङ गरेको हो।
तीन खेलमा जित र एक खेलमा हार भोगेको काठमाडौँ गोर्खाज ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
समान चार खेलबाट दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ।
प्रकाशित: २३ कार्तिक २०८३ १७:१२ | Monday, November 9, 2026
प्रतिक्रिया



