पर्सामा पटका पड्काउँदा बालकको मृत्यु

हिमाल प्रेस २३ कार्तिक २०८३ १६:५१ | Monday, November 9, 2026
पर्सामा पटका पड्काउँदा बालकको मृत्यु

वीरगन्ज- पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको पकाहाँ मैनपुर गाउँपालिका-२ मधुबनीमा पटाका पड्काउने क्रममा परी सोमबार स्थानीय मखु सहनीका आठ वर्षीय छोरा कुन्दन सहनीको उपचारका क्रममा वीरगन्जस्थित तराई अस्पतालमा मृत्यु भएको हो।

पटाका पड्काउने क्रममा छातीमा आगो लागेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर,उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालकको मृत्युसँगै भारतसँगको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणको विषय पनि चर्चामा आएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १६:५१ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast