डेढ लाखको पटका खाल्डोमा पुरियो

हिमाल प्रेस २१ कार्तिक २०८३ ९:३१ | Saturday, November 7, 2026
10
SHARES
डेढ लाखको पटका खाल्डोमा पुरियो सांकेतिक तस्बिर

काठमाडौँ- सिरहामा करिब डेढ लाख रुपैयाँ मूल्यका पटाका प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न समयमा गरेको कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाजन्य पदार्थ नष्ट गरेको जनाएको छ । प्रहरीका अनुसार करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा खाल्डो खनेर पुरिएको हो।

बरामद पटाकाजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। चाडपर्वका समयमा पटाकाको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोगबाट आगलागी र दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाही गर्दै आएको जनाएको छ ।

 

प्रकाशित: २१ कार्तिक २०८३ ९:३१ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast