घट्यो सुनचाँदीको मूल्य

हिमाल प्रेस २७ असोज २०८३ ११:०५ | Tuesday, October 13, 2026
6
SHARES
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ-  सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य १० ग्रामको ३ हजार ७३४ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २७ असोज २०८३ ११:०५ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast