रानीदेवी माध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास

हिमाल प्रेस ३१ भदौ २०८३ ११:५१ | Wednesday, September 16, 2026
रानीदेवी माध्यमिक विद्यालयमा नयाँ भवनको शिलान्यास

काठमाडौँ- लाजिम्पाटस्थित रानीदेवी माध्यमिक विद्यालयमा विद्यार्थी संख्या बढेसँगै देखिएको कक्षाकोठा अभाव समाधान गर्न विद्यालय भवन विस्तारको काम सुरु गरिएको छ। प्रअ नारायणप्रसाद गौतमले पूजापाठ गरेका हुन्।

यस शैक्षिक वर्षमा करिब ६५० जना विद्यार्थी भर्ना भएपछि थप कक्षाकोठाको आवश्यकता बढेकाले काठमाडौँ महानगरपालिका वडा नं. ३ को २ करोड ७२ लाख रुपैयाँ विनियोजित बजेटबाट विद्यालय भवन विस्तार गर्न लागिएको हो।

योजना अन्तर्गत विद्यालयको अगाडिको भागमा पाँच तला थप्ने तथा मूल भवनमा थप दुई तला निर्माण गरिनेछ।

भवन विस्तार योजनाको शिलान्यास बुधबार काठमाडौँ महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम थापाले गरेका छन्।

प्रकाशित: ३१ भदौ २०८३ ११:५१ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast