रानीदेवी माविमा प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण, सुधारात्मक कक्षा सञ्चालन गरिने

हिमाल प्रेस २४ भदौ २०८३ ११:३४ | Wednesday, September 9, 2026
रानीदेवी माविमा प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण, सुधारात्मक कक्षा सञ्चालन गरिने

काठमाडौँ- लाजिम्पाटस्थित रानीदेवी माध्यमिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि थप शैक्षिक योजना अघि बढाउने निर्णय गरेको छ।

जेन्जी दिवसका अवसरमा दिवङ्गत जेन्जीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजामाथि समीक्षा तथा विश्लेषण गरेको हो।

नतिजा विश्लेषणपछि विद्यार्थीको सिकाइस्तर सुधार गर्न आगामी दिनमा लक्षित कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले जानकारी दिए।

विद्यालयले कक्षा १, २ र ३ का विद्यार्थीका लागि सुधारात्मक कक्षा सञ्चालन गर्ने भएको छ। त्यस्तै, कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी ‘जिरो कक्षा’ सञ्चालन गर्ने निर्णय गरिएको प्रधानाध्यापक गौतमले बताए।

विद्यार्थीको शैक्षिक उपलब्धि बढाउने उद्देश्यले आगामी तीन महिनाका लागि थप शैक्षिक कार्यक्रम तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार विद्यार्थीको सिकाइमा देखिएका कमजोरी पहिचान गरी विषयगत रूपमा सुधारका कार्यक्रम सञ्चालन गरिनेछ। नियमित पठनपाठनसँगै अतिरिक्त तथा लक्षित कक्षामार्फत विद्यार्थीको नतिजामा सुधार ल्याउने विद्यालयको योजना छ।

बैठकमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा आगामी दिनमा गर्नुपर्ने विभिन्न समसामयिक विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिएको थियो।

प्रकाशित: २४ भदौ २०८३ ११:३४ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast