संस्थागत विद्यालयका शिक्षकलाई श्रम ऐनअनुसारको पारिश्रमिक उपलब्ध गराउन निर्देशन

हिमाल प्रेस २९ असोज २०८३ १०:३१ | Thursday, October 15, 2026
संस्थागत विद्यालयका शिक्षकलाई श्रम ऐनअनुसारको पारिश्रमिक उपलब्ध गराउन निर्देशन

मोरङ- सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीको हकहित र सेवासुविधा सुनिश्चित गर्न निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालयले २०८३ असोज २७ गते सबै संस्थागत विद्यालयका नाममा पत्र जारी गर्दै श्रम ऐन, २०७४ तथा प्रचलित शिक्षा ऐन र नियमावलीअनुसार शिक्षक तथा कर्मचारीलाई पाउनुपर्ने पारिश्रमिक र सेवासुविधा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो।

नगरपालिकामा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सार्वजनिक बिदामा समेत काम गर्नुपरेको र त्यसबापत नियमानुसार पाउनुपर्ने अतिरिक्त पारिश्रमिक वा सट्टा बिदा नपाएको गुनासो तथा उजुरी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको कार्यालयले जनाएको छ।

नगरपालिकाको निर्देशनमा सार्वजनिक बिदाका दिन विद्यालयमा बोलाएर काममा लगाउँदा नियमानुसार पाउनुपर्ने अतिरिक्त पारिश्रमिक वा सट्टा बिदा उपलब्ध गराउनुपर्ने उल्लेख छ।

त्यसैगरी, श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्थाअनुसार वर्षमा एक पटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा उपलब्ध गराउन पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ। उक्त सुविधा उपलब्ध नगराइएको विषयमा समेत नगरपालिकामा गुनासो आएको पत्रमा उल्लेख छ।

नगरपालिकाले प्रचलित कानुनअनुसार शिक्षक तथा कर्मचारीका श्रमसम्बन्धी अधिकार र सेवासुविधा सुनिश्चित गर्न संस्थागत विद्यालयहरूलाई सचेत गराएको हो।

प्रकाशित: २९ असोज २०८३ १०:३१ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast