काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (दलित खुला) तर्फ ६ हजार ५०० मत गणना हुँदा डा. डि.बी. सुनारले सबैभन्दा बढी ३ हजार १६० मत प्राप्त गरेका छन्।
सागर परियारले २ हजार ६७८ र हरिशरण नेपालीले २ हजार ४४४ मत पाएका छन्। मतगणनाको पछिल्लो विवरणअनुसार मन्जित ताम्राकारले १ हजार ८८९, राजु परियारले १ हजार ६९५, अम्बर बहादुर बराईलीले १ हजार ६७९, दीपक सोनीले १ हजार ६२५ र दिनेश सुनारले १ हजार ५५६ मत प्राप्त गरेका छन्।
त्यस्तै, ईश्वर बहादुर परियारले १ हजार ४५६, मन बहादुर विश्वकर्माले १ हजार ४५०, शिव बहादुर सुनारले १ हजार ४१३, रमेश वि.क.ले १ हजार
४०४, चक्र बहादुर नेपालीले १ हजार ३३१ र बाबुराम विश्वकर्माले १ हजार २६१ मत पाएका छन्। सूर्य बहादुर वि.क.ले १ हजार २५१, मैकुलाल वाल्मिकिले १ हजार २५२, रमेश ताम्राकारले १ हजार १९२, श्याम कुमार मीरतीले १ हजार १३३, धन बहादुर रसाईलीले १ हजार ४ मत र मुक्त बहादुर महतेले ९९६ मत प्राप्त गरेका छन्।
निरबहादुर विश्वकर्मा (विमल घमाला) ले ९९३, राम कुमार नेपालीले ९८०, भिउसिन दमैले ९४७, लोकेन्द्र बहादुर वि.क.ले ९४६, दिल बहादुर विश्वकर्माले ९३५, रामु नेपालीले ८९६, रोहित विश्वकर्माले ८८७ र गोवर्धन कोलीले ८५९ मत पाएका छन्। वीर बहादुर विश्वकर्मा (कमल) ले ६८५, जबर बहादुर वि.क.ले ६७२ र डम्भर बहादुर गोल्डस्मिथले ७७८ मत प्राप्त गरेका छन्। सञ्जु सिंह विश्वकर्माले ९५३ मत पाएका छन्।




